चिसोका कारण रौतहटमा एकजनाको मृत्यु

समाचार

राकेश यादव, रौतहट । जिल्लाको गौर नगरपालिका वडा नम्बर ८ पुरेनवामा शनिबार दिउँसो एक जना पुरुषको मृत्यु भएको छ । केही दिनदेखि बढेको चिसोको कारण स्थानीय ४१ वर्षीय एकरामुल हकÞको निधन भएको हो ।

घरबाट टेम्पू लिएर गौर आएका हकÞ खाना खानका लागि करीव १० बजे घर पुगेका थिए । खाना खाएर गाउँमा आगो ताप्न गएको बेला अचानक हिचकी आएर अचेत भएका हकÞलाई उपचारको लागि प्रादेशिक अस्पतालमा ल्याउँदा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

मृतकका श्रीमती जमीला खातुनका अनुसार घरमा खाना खान आउँदा कुनै समस्या नदेखिएको र घरबाट बाहिर गएपछि बेहोस भएको सुनेको बताउँदै अचानक यस्तो हुन्छ भने नलागेको बताइन् ।

पहिलादेखि स्वस्थ रहेका हकÞ टेम्पू चलाएर परिवारको पालन पोषण गर्दै आएको स्थानीय महिला नेतृ अम्ब्या खातुनले बताइन् ।

घटना पछि पुगेका टेम्पू चालकहरुले बिहान टेम्पुलिएर गौर बस पार्क पुगेका हकÞ राम्रो देखिएको पछि मृत्यु भएको सुनेपछि पत्याउने नसकिने जस्तो अनुभूति भएको प्रतिक्रिया दिएका छन् । मृतकका १९ वर्षीया छोरी गुलसन खातुनले बूबालाइ कुनै किसिमको रोग नभएको बताउँदै खाना खाएर बाहिर गएका बुबालाई चिसोले च्यापेको दाबी गरिन् ।

आर्थिक अवस्था कमजोर रहेका हकÞको निधनले उनका परिवार नै विचल्लीमा परेको गाउँलेहरुले बताएका छन् । मृतकका एक श्रीमती, २ नाबालाक छोरा र ३ वटा छोरी रहेका छन् । जेठी छोरी १९ वर्षकी रहेकी छन् भने छोरा १२ वर्ष र ६ वर्षको रहेको बुझिएको छ ।

विगत केहि दिनदेखि अचानक बढेको चिसोले गर्दा रौतहटका जनजीवन नराम्रोसँग प्रभावित भएको छ । बिहान र बेलुकी लाग्ने बाक्लो हुस्सु र पश्चिमी हावाले गर्दा घर बाहिर निस्किन सर्वसाधारणलाई गार्हो भएको छ । चिसोको कारण सरकारी कार्यालयहरुमा कामकाज गराउन आउने सेवाग्राहीहरुको संख्यामा पनि कमी आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ