मधेशकेन्द्रित दलहरुसँग सम्वादका लागि जनमत पार्टीले बनायो कार्यदल

समाचार

काठमाडौं । मधेशकेन्द्रित दलहरुबीच मोर्चाबन्दीका लागि डा.सीके राउत नेतृत्वको जनमत पार्टीले दुई सदस्यीय कार्यदल गठन गरेको छ ।

जनमत पार्टीको आइतबार बसेको केन्द्रीय सचिवालय समितिको बैठकले कार्यदल गठन गर्दै उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा.शरदसिंह यादवलाई जिम्मा दिएको हो ।

जनमतका केन्द्रीय सचिवालय राजेश कुमार मण्डलका अनुसार मधेशकेन्द्रित दलहरुबीच सम्वाद र सहकार्यको पहल गर्नका लागि दुई सदस्यीय समिति गठन गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ