सुन गोहोरोसहित दुई जना पक्राउ

समाचार

मोरङ । विराटनगर महानगरपालिका–१३ स्थित कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका–१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन् ।

सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट बिराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई उक्त सुन गोहोरो सहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी डिभिजन वन कार्यालय मोरङ पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ