लायन्स क्लब अफ काठमाडौं मिथिला सिटीद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

समाचार

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ मिथिला सिटीको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

“सेवा नै धर्म हो” नाराको साथ निःशुल्क दाँत शिविर र निःशुल्क डाईबेटीज तथा उच्च रक्तचाप परीक्षण शिविर आयोजना गरिएको हो ।

प्राविधिक सहयोग ईकोन डेन्टलले गरेको थियो । उक्त कार्यक्रमका विशिष्ट अतिथि टोखा नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष रमेश खत्री तथा क्लबका आध्यक्ष राघबेन्द्र सिंहबाट कार्यकमको सुरुवात गरिएको थियो ।

जालुपा माध्यमिक विद्यालय परिसरमा वडा नं. ८ को स्थानीयहरु २५० भन्दा बढी सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य शिविरबाट लाभ लिएका थिए ।

उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ मिथिला सिटीको तर्फबाट क्लबका अध्यक्ष लायन राघबेन्द्र सिंह, उपाध्यक्ष लायन आनन्द मण्डल, सचिव अमृता नायक, सदस्यहरु नविन चौधरी, मोहन साह, रिजवान बधाई, मो.सदिक उमर अन्सारी तथा लियो आनन्द सिंह र वडाबाट वडा अध्यक्षलगायत सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो ।

निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीयहरु लाभान्वित भएको लायन्स क्लब ओफ काठमाडौँ मिथिला सिटीको उपाध्यक्ष लायन आनन्द मण्डलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ