दुबई । मधेशी एकता समाजले नव वर्ष २०२५ को अवसरमा दुबईस्थित जबील पार्कमा भव्य कार्यक्रमको आयोजना गरी एकता, परम्परा र सामूहिक प्रगतिलाई थप सुदृढ बनाएको छ ।
उक्त कार्यक्रममा मधेशी समुदायका व्यवसायी, मजदुर, विद्यार्थी, पेशाकर्मी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
सांस्कृतिक प्रस्तुतिहरू, सम्मान कार्यक्रम, स्वादिष्ट परिकार र नयाँ कार्यसमितिको घोषणा गरिएसँगै कार्यक्रमले मधेशी पहिचान र एकताको आवश्यकता झल्काएको थियो ।
कार्यक्रमलाई गरिमामय बनाउन विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो ।
मधेशी एकता समाज का संस्थापक अन्तर्राष्ट्रिय संयोजक डा. रविन्द्र कुमार यादव, गैर–आवासीय नेपाली संघ, यूएईका महासचिव भुवन प्रसाद वाग्ले, नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्याल र महासचिव केदार कुँवर र नेपाल मुस्लिम संघका महासचिव अफजल हुसैन (गुलजार) सहभागी थिए ।
यसैगरी, मधेशी समुदायका प्रतिष्ठित व्यवसायीहरू आइडियल स्टडी कन्सल्टेन्सीका संस्थापक कबिन्द्र यादव, मेटल क्राफ्ट स्टील इन्डस्ट्रिजका सञ्चालक बिनेश यादव, जनकपुर ट्राभल एण्ड टुरिज्मका मालिक गणेश पुर्बे, साथै, समुदायका अन्य मजदुर, पेशाकर्मी, विद्यार्थी र सदस्यहरूको उत्साहजनक सहभागिता देख्न पाइयो ।
कार्यक्रममा विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्दै सामुदायिक योगदानको कदर गरिएको थियो ।
डॉ. रविन्द्र यादवलाई नेपाली समाज यूएईका अध्यक्ष बेद प्रसाद अर्याल र महासचिव केदार कुँवरले युएईमा रहेका नेपाली समुदायको सेवामा समर्पित भई पुर्याएको योगदानका लागि “टोकन अफ लभ” प्रदान गरेका थिए ।
अफजल हुसैन (गुलजार)लाई नेपाल मुस्लिम संघको महासचिवका रूपमा सहयोग र समर्थनका लागि सम्मान गरियो। प्रतिष्ठित व्यवसायीहरू कबिन्द्र यादव, बिनेश यादव, र गणेश पुर्बेलाई परम्परागत “गम्छा” प्रदान गर्दै उहाँहरूको सामुदायिक योगदानको प्रशंसा गरियो।
बाहिरिंदै गरेका अध्यक्ष धर्मेन्द्र गोहीवारलाई सफल कार्यकालका लागि हार्दिक धन्यवाद व्यक्त गरिएको थियो ।
डॉ. रविन्द्र यादवले मधेशी एकता समाजको स्थापनाको उद्देश्य, इतिहास र उपलब्धिहरूको चर्चा गर्दै मधेशी समुदायलाई राजनीतिक विभाजनभन्दा माथि उठेर एकताबद्ध रहन आह्वान गरेका थिए । उनको सम्बोधनले सबैमा ऊर्जा र आत्मविश्वास थपेको थियो ।
नयाँ कार्यसमितिको घोषणा
कार्यक्रममा २०२५ का लागि नयाँ कार्यसमितिको घोषणा गरिएको थियो। नव निर्वाचित सदस्यहरू निम्न प्रकार छन्ः
अध्यक्षः रोशन माक्र्सिस्ट
महासचिवः सुरेश यादव
सह–अध्यक्ष तथा प्रवक्ताः शैलेन्द्र राय
सह–अध्यक्षः राम साह
सह अध्यक्षः सागिर साफी
उपाध्यक्षः डा फरहान सिद्दिकी
उपाध्यक्षः डा रविकान्त साह
उपाध्यक्षः नैना देव
उपाध्यक्षः डा मो. इमरान
उपाध्यक्षः मनोज यादव
उपाध्यक्षः अजित झा
उपाध्यक्षः विमल साह
उपाध्यक्षः रामहरि यादव
उपाध्यक्षः मनिष कर्न
उपाध्यक्षः रामपुकार यादव
उपाध्यक्षः धर्मेन्द्र मण्डल
उपाध्यक्षः गणेश पूर्बे
उपाध्यक्षः दीपक यादव
उपाध्यक्षः मनोहर साह
उपाध्यक्षः गोविन्द साह
कोषाध्यक्षः ऋब् प्रदीप साह
युवा कोर्डिनेटरः आदित्य अटल
आईटी कोर्डिनेटरः कृष्ण कुमार साह
सांस्कृतिक कोर्डिनेटरः भोला पासवान
सह सचिवः दीपेन्द्र साहनी
मधेशी व्यवसाय परिषद् संयोजकः कबिन्द्र यादव
बाँकी सदस्यहरूको नाम र जिम्मेवारी निकट भविष्यमा सार्वजनिक गरिने जनाइएको छ ।
सांस्कृतिक प्रस्तुति र मनोरञ्जन
सांस्कृतिक कार्यक्रम भोलाराम पासवानको संयोजनमा सम्पन्न भयो। उहाँले विभिन्न सुमधुर गीत प्रस्तुत गर्नुका साथै रमाइला चुट्किलाहरू सुनाएर सहभागीहरूलाई मनोरञ्जन गराएका थिए ।
कार्यक्रम सञ्चालन रोशन माक्र्सिस्टले गरेका थिए भने सह–प्रस्तुति शैलेन्द्र रायले गरे ।
मधेशी परिकारको स्वादिष्ट भोजन
कार्यक्रममा बिहान ११ बजे स्वादिष्ट नास्ता र दिउँसो २ बजे परम्परागत मधेशी परिकारको भोजन गराइयो। खाना नेपाली सयपत्री रेस्टुरेन्टले तयार गरेको थियो। सामुदायिक स्वाद र गुणस्तरका लागि यस रेस्टुरेन्टले सबैको प्रशंसा पायो।
भविष्यका योजना र दृष्य
नयाँ कार्यसमितिले २०२५ का लागि आफ्नो प्राथमिकताहरू घोषणा गर्दै मधेशी समुदायको हित, सांस्कृतिक संरक्षण, र विश्वव्यापी मधेशी एकताको सुदृढीकरणका लागि प्रतिबद्धता जनाएको छ ।
तपाईको प्रतिक्रिया