काठमाडौं । जनता समाजवादी पार्टी नेपाल “पार्टी स्कुल तथा प्रशिक्षण विभाग”को प्रथम बैठकले कार्यविभाजन गरेको छ ।
जसपा नेपालका सचिव एवं मधेश प्रदेशका पूर्वमन्त्री सुरेश मण्डललाई विभागको प्रमुख बनाइएको छ भने उप–प्रमुख सांसद अम्विका काफ्ले र सचिवमा चन्देश्वर सदालाई चयन गरेको हो ।
विभागको अर्को बैठक मंगलबार बिहान ११ः०० बजे केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने निर्णय गरेको छ ।
साथै, भोलिको बैठकले कसरी अगाडी बढ्ने भन्ने कार्यदिशा तय गर्ने विभागका प्रमुख मण्डलले जनाएका छन् ।
तपाईको प्रतिक्रिया