ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

समाचार

सप्तरी । कंचनरूप नगरपालिका–८ स्थित सडकमा ग.२ ख ११७५ नम्बरको ट्रकले को.३३ प ७२४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

मंगलबार राति ठक्कर दिदाँ मोटरसाइकल चालक सोही नगरपालिका–७ बस्ने २९ वर्षीय सुनिल कुमार साहको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ