राकेश यादव, रौतहट । जिल्लाको दुर्गाभगवती गाउँपालिकाका उपाध्यक्षले गाउँपालिका कार्यपालिकाको लेटर प्याडको दुरूपयोग गरेको आरोप लागेको छ ।
गाउँपालिकाको कार्यपालिकाको बैठकमा नियमित रुपमा उपस्थित नहुने उपाध्यक्ष शिला देवीले कार्यालयको लेटर प्याड र प्रयोग भएको चलानी नम्बर समेतको दुरूपयोग गरेकी हुन् ।
गाउँपालिका अध्यक्ष शम्भू कुमार सिंहले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी गाउँपालिका उपाध्यक्षले कानून विपरीत कार्यालयको लेटर प्याड प्रयोग गरेको जनाएका छन् ।
जारी गरिएको विज्ञप्तिमा कार्यालयको चलानी किताबमा अन्य ठाउमा पत्राचार गर्दा प्रयोग गरिएको चलानी नम्बर प्रयोग गरी पत्र संख्या २०८१÷०८२ मिति २०८१÷९ ÷१८ च न ६८२ उल्लेख गरी संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयमा अनुमति तथा राय परामर्श सम्वन्धमा र च न ६८३ उल्लेख गरी मुख्यमंत्री तथा मंत्री परिसदको कार्यालय जनकपुरधाम मधेश प्रदेश सरकारलाइ कर्मचारी सम्बन्धमा पठाइएको पत्र कानून सम्मत नरहेको अध्यक्ष सिंहले दावी गरेका छन् ।
गाउँपालिका उपाध्यक्षको हैसियतले बैठकमा सहभागी भई आफैले गरेको निर्णयको विरुद्ध कर्मचारीहरूको मनोबल कमजोर पर्ने उदेश्यले विभिन्न निकायमा उपाध्यक्षले पत्राचार गर्ने गरेको कार्य प्रति अध्यक्ष सिंहले आपत्ति जनाउँदै ईष्र्या द्वेषको भावना राखेर गाउँपालिका कार्यालयको कर्मचारी तथा कार्य प्रभावित गर्ने कार्य नगर्न सुझाव समेत दिएका छन् ।
कानून बमोजिम सम्पादन गर्नु पर्ने जिम्मेवारीको पदीय दायित्व पूरा नगर्ने, कार्यालयको कार्यमा अवरोध सृजना गर्ने कार्य गर्दै आएको ठहर गाउँपालिका अध्यक्ष सिंहको रहेको छ । विज्ञपति मार्फत गाउँपालिका उपाध्यक्ष र सदस्यहरुबाट प्रयोग गरिएको गाउकार्यपालिकाको लेटर प्याड गैर कÞानूनी रहेकोले मान्यता नदिन सम्वन्धित निकायलाइ आग्रह गरिएको छ ।
गाउँपालिका अध्यक्ष सिंहले बाढीबाट क्षति भएको किसानलाई राहत दिनु पर्ने, हिउँदे अधिबेशन गर्नु पर्ने कार्यमा समेत उपाध्यक्ष र केहि कार्यपालिका सदस्यहरुले बाधा अवरोध पुर्याउने गरेको आरोप समेत लगाएका छन् ।
तपाईको प्रतिक्रिया