थ्रेसहोल्ड बढाउन खोजिए लोसपाले संघर्ष गर्ने : महासचिव डा.झा

समाचार

विराटनगर । नेपाली कांग्रेस र नेकपा (एमाले)ले थ्रेसहोल्ड बढाउन खोजिए आफूहरु संघर्षमा सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चेतावनी दिएको छ ।

विराटनगरमा शनिबार लोसपा मोरङ कार्यसमितिले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम तथा सदस्यता वितरण अभियानमा लोसपाका केन्द्रीय महासचिव डा.सुरेन्द्र झाले यस्तो चेतावनी दिएका हुन ।

थ्रेसहोल्ड बढाउनु संविधानको मर्मविपरीत रहेको जिकिर गर्दै महासचिव डा.झाले भने, ‘थ्रेसहोल्ड बढाएर अल्पसंख्यक तथा उपेक्षित समुदायलाई अधिकारबाट वञ्चित गर्न खोजिँदैछ, जुन संविधानको अवधारणा र मर्मविपरीत हुनेछ ।’

उनले संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले संविधान संशोधनका बुँदासहित वर्तमान सत्ता गठबन्धन निर्माण भएको भन्दै सबैसँग वार्ता र सम्वादमार्फत साझा धारणा बनाउनुपर्ने जिकिर गरे ।

साथै, उनले लोसपा नेपाल अहिले महाधिवेशनमय भएको बताउँदै ठोसरुपमा संगठन सुदृढ गर्दै प्रक्रिया अघि बढिरहेको जानकारी दिए ।

अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम तथा सदस्यता वितरण अभियानको अध्यक्षता मोरङ जिल्ला अध्यक्ष मो.कादिरले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ