बुहारीको हत्या गरी फरार रहेकी सासु ४ वर्षपछि पक्राउ

समाचार

राकेश यादव, रौतहट । आफ्नै बुहारीको हत्या गरी फरार रहेकी सासुलाई रौतहट प्रहरीले ४ वर्षपछि पक्राउ गरेको छ ।

२०७७ साल जेष्ठ ८ गते बुहारीलाइ कुटपिट गरी हत्या गरी फरार भएकी सासुलाई प्रहरीले पक्राउ सार्वजनिक गरेको हो ।

बुहारी हत्याको आरोप लागेकी स्थानीय गढीमाई नगरपालिका वडा नम्बर २ समनपुर निवासी ६२ वर्षीया सायरा खातूनलाइ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गोप्य सुचनाको आधारमा गएको प्रहरीको टोलीले खातूनलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारीले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा हत्याको आरोपमा पक्राउ परेकी ६२ बर्षीया महिलाले आफ्नै छोरा मोहमद इन्ताज चुडिहारको २२ वर्षीया श्रीमती निसनारा खातूनलाई कुटपिट गरी मुखमा कपड़ा कोची कर्तव्य गरी मारी फरार भएको दावी गरिएको छ ।

प्रहरीको खोजी सूचीमा रहेकी खातूनलाई पक्राउ गरी थप अनुसन्धानको कार्य अगाडी बढाइएको प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ