जनकपुरधाम । नेपाल सद्भावना पार्टीले विभिन्न राजनीतिक दलसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
वार्ता समितिको संयोजकमा पार्टीको सहअध्यक्ष कालीपद शर्मा, सदस्यहरुमा उपाध्यक्ष अमरेन्द्र कुमार झा र महासचिव सरस्वती कुमारी झा रहेका छन् ।
यो समितिले मधेश तथा नेपालभरि छरिएर रहेका विभिन्न राजनीतिक दलहरु तथा विचार मिल्ने विभिन्न शक्तिहरुसँग वार्ता गर्ने राष्ट्रिय अध्यक्ष राम कुमार महतोले बताएका छन् ।
अध्यक्ष महतोले विगत ३ दशकदेखि मधेश, मधेशी तथा मधेशवादका लागि संघर्षरत नेपाल सद्भावना पार्टीका लागि भइरहेको गठबन्धन, सहकार्य, मोर्चाबन्दी र एकताको प्रयास सराहनीय रहेको साथै नेपाल सद्भावना पार्टी यस कार्यको उच्च प्रशंसा गर्दछ, बताए ।
अध्यक्ष महतोले यो वार्ता समितिले नेपाललाई एक पटक फेरि पूर्ण समानुपातिक तथा सबैको राज्य बनाउन सबै दलहरुसँग वार्ता गर्न तयार रहने बताए ।
तपाईको प्रतिक्रिया