इमरान खान, कपिलवस्तु । कपिलवस्तु जिल्लामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
वाणगंगा नगरपालिका – ११ को भित्री सडकखण्डमा भएको यो दुर्घटनामा एक नेपाली र एक भारतीय नम्बरका मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी मृत्यु हुनेमा लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक, रुपन्देहीको सैनामैना –४ निवासी २७ वार्षिय रोमन थारु र युपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकल चालक कपिलवस्तु जिल्लाको शुद्धोधन गाँउपालिकाका ३५ वार्षिय नेहामन अलि रहेका छन् ।
दुबै जनाको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन् ।
यस दुर्घटनामा घाईते भएका २६ वर्षिय अजय थारुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तौलिहवाले जनाएको छ ।
तपाईको प्रतिक्रिया