कपिलवस्तु । तीन पालिकाका प्राथामिक तहका विद्यार्थीहरुको सिकाई उपलब्धीमा सहयोग गर्नको लागि शिक्षा सम्बन्धी नयां परियोजना सूरुवात हुन लागेको छ ।
जिल्लाको बुद्धभूमि, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा नयाँं शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियानसँग कार्यक्रम सुरुवात हुन लागेको हो । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा पिस नेपालको आयोजनामा कार्याक्रम लागु लागेको हो ।
विशेषगरी छात्रा शिक्षा र साक्षरता कार्यक्रम मार्फत प्राथिामिक तहमा अध्ययन गर्ने वालवालिकाहरुको सिकाईमा सहजिकरण गर्नको लागि कार्यक्रम संचालन हुने रुम टु रिड का कार्यक्रम प्रमुख पवन सिंह कार्कीले बताए ।
साथै उनले बालवालिकाको सिकाइको लागि आवश्यक पर्ने पुस्तकालय, शैक्षिक साम्रगीहरु उपलब्ध गराई स्थानीय तहको सहकार्यमा विद्यालय छनौट गरि कार्यक्रम अगाडी बढाइने बताए ।
बालमैत्री कक्षाकोठा निर्माण तथा जिवनउपयोगी सिप प्रदान गरिने समेत कार्कीले बताए । सो अवसरमा रुम टि रिड र पिस नेपालका प्रतिनिधीले तिनै पालिकाका प्रमुख तथा शिक्षा शाखासँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरका बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्धिन मुसलमान लगायतको सहभागिता रहेको थियो ।
सोे अवसरमा पालिका प्रमुखहरुले पालिकासँग सहकार्य गरेर कार्यक्मलाई अगाडी लैजाने प्रतिवद्धता जाहेर गरेका छन् । शिक्षा क्षेत्रमा क्षमता विकास तथा सिकाईलाई गुणस्तरीय बनाउनको लागि पालिका तथा शिक्षा शाखा र विद्यालयहरु संग सहकार्य गरेर कार्यक्रम संचालन गरिने पिस नेपालले जनाएको छ ।
तपाईको प्रतिक्रिया