‘हाम्रो संघर्ष निरन्तर अगाडि बढ्दै छ, कुनै पनि बेला विस्फोट हुनसक्छ’ (भिडियोसहित)

समाचार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महासचिव डा.सुरेन्द्र झाले आफूहरुको संघर्ष निरन्तर अगाडि बढिरहेको बताउँदै कुनै पनि बेला विस्फोट हुनसक्ने चेतावनी दिएका छन् ।

१८औं मधेश बलिदानी दिवसको अवसरमा शनिबार लोसपाको केन्द्रीय कार्यालयमा लोकतान्त्रिक विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले शहीदहरुको योगदानबारे चर्चा गर्दैै भने, ‘हाम्रो संघर्ष निरन्तर चलिरहेको छ, यो संघर्ष कहिले कुन रुपमा विस्फोट हुन्छ भन्न सकिन्न ।’

मधेश आन्दोलनको प्रथम शहीद रमेश महतोको सहादतलाई स्मरण गर्दै महासचिव डा.झाले भने, ‘सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको सहादतबाट प्रेरणा लिनका लागि हामीले आजको दिनलाई बलिदानी दिवस मनाइरहेका छौं ।’

उनले मधेश आन्दोलनको उपलब्धीबारे चर्चा गर्दै भने, ‘मधेश आन्दोलनबाट नै देशमा संघीयता आएको हो । यसबाट मधेशी मात्र नभई नेपालका सम्पूर्ण उत्पीडित, शोषित र उपेक्षित समुदायले लाभ लिइरहेका छन् ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ