वीरगन्ज । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को बृहत पार्टी प्रवेश कार्यक्रम वीरगन्जमा सम्पन्न भएको छ ।
जसपा पर्सा जिल्ला कमिटीले शनिबार आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा हजारौंको संख्यामा पार्टी प्रवेश गरिएको हो ।
लोसपाका केन्द्रीय उपाध्यक्ष तथा पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झा समेत हजÞारों को संख्यामा जसपामा प्रवेश गरेका छन् ।
नव प्रबेशी पुरुषोत्तम लाल झा समेत सबै नेता तथा कार्यकर्ताहरूलाई जसपा केन्द्रीय अध्यक्ष अशोक कुमार राईले पार्टीमा स्वागत गरेका छन् ।
कार्यक्रममा जसपा नेता एवं खानेपानी मन्त्री प्रदीप यादवले भनेका छन्, ‘उहाँहरूको पार्टी प्रवेशले जसपा मा प्रबेशका लहर नै चलेंको छ।यो प्रबेशले जसपाको सिद्धान्त र उद्देश्यप्रति भरोसा र समर्पणलाई अझ मजबुत बनाउनेछ । समाज परिवर्तन र समृद्धिको यात्रामा हामीले लिएका कदमहरूमा उहाँजस्तो ऊर्जावान नेता तथा साथीहरूको साथ महत्वपूर्ण छ ।’
तपाईको प्रतिक्रिया