महासंघका निर्वाचित पदाधिकारीहरुलाई महिला फाउण्डेशनको सम्मान

समाचार

राजविराज । हालै सम्पन्न नेपाल पत्रकार महासंघ निर्वाचनमा तीनै तहमा सप्तरीबाट निर्वाचित भएका पदाधीकारीहरुलाई तराई–मधेश महिला फाउण्डेशन नेपालले सम्मान गरेको छ ।

फाउण्डेशनले बुधबार एक कार्यक्रमको आयोजना गरी नवनिवार्चित जिल्ला कार्य समिति, प्रदेश र केन्द्रीय पार्षद तथा केन्द्रीय सदस्यलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि फाउण्डेशनकी अध्यक्ष सुनिता साह “क्रान्ति”ले पत्रकार महासंघका निर्वाचित पदाधीकारीहरुलाई दोसल्ला तथा उपहारबाट सम्मान गरेकी हुन् ।

कार्यक्रममा प्रमुख अतिथि फाउण्डेशनकी अध्यक्ष साहले नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिँदै पत्रकारहरुले महिला सशक्तिकरणका लागि अझ सशक्त रुपमा कलम चलाउनु पर्नेमा जोड दिइन् ।

सो अवसरमा महासंघका अध्यक्ष श्रवणकुमार देवले सम्मानसँगै आफूहरुको जिम्मेवारी बढ्दै गएको बताउँदै समाज उत्थानका लागि आफूहरुले कलम मार्फत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ