मटिहानी नगरपालिकाका कृषकहरूलाई वातावरण तथा महिला मैत्री कृषि प्रविधि उपकरण वितरण

समाचार

महोत्तरी । मटिहानी नगरपालिका वडा नं १, ३, ६, ७ र ९ वडाका कृषकहरूलाई वातावरण तथा महिला मैत्री कृषि प्रविधि उपकरण वितरण गरिएको छ ।

कोइकाको आर्थिक सहयोग तथा जी.जी.आई., जी.एन.आई. नेपालको प्राविधिक सहयोग र मटिहानी नगरपालिका एवं आसमान नेपालको समन्वयमा सञ्चालित “जलवायु मैत्री कृषि परियोजना” अन्तर्गत वातावरण तथा महिला मैत्री कृषि प्राविधिक उपकरण मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले कृषकहरूलाई हस्तान्तरण गरेका हुन् ।

उक्त उपकरण हस्तान्तरण गर्दै प्रमुख मण्डलले यी नयाँ प्राविधिक उपकरणले कृषकलाई आफ्नो खेतमा बाली लगाउन साथै अन्य कृषि कार्य गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उक्त जलवायु मैत्री कृषि परियोजना अन्तर्गत १, ३, ६, ७ र ९ वडाका विभिन्न कृषक समूहहरुलाई hand Rider, soil tiller, weeding cultivator, push seeder, post hole digger, staking rope लगायतका कृषि उपकरण बितरण गरिएको कुरा आसमान नेपालका परियोजना प्रमुख चेतन थापाले बताए ।

उक्त कार्यक्रममा वड़ा नं. ३ र ६ का वड़ा अध्यक्ष क्रमशः नाजिर मिया र कलीम अंसारी, वड़ा नं. ९ का वड़ा सदस्य रत्नेश लाल कर्ण, कृषि शाखा प्रमुख संध्या साह, कृषि प्राविधिक टंक प्रसाद उपाध्याय, आसमान नेपालका कृषि प्राविधिक महेन्द्र यादव लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ