कपिलवस्तु । शिवराज नगरपालिका–४ बसन्तपुर बस्ने त्रिलिकी अहिरको घरमा सोही नगरपालिका–४ डकैया बस्ने झगरूप भारती गोसाईले संचालन गरेको पुजा फेन्सी पसलमा आगलागी भएको छ ।
विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा पसलमा रहेका कपडा, जुत्ता, चप्पल लगायतका सामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया