कोशी प्रदेशको ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१’ स्वीकृतसम्बन्धी प्रस्ताव पारित

समाचार

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१’ स्वीकृतसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो प्रस्ताव स्वीकृतिका लागि सदनमा पेस गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

यसका साथै मन्त्री भण्डारीले सदनमा विभिन्न समयमा उठेका विषयमा धारणा राखेका थिए । उनले प्रदेश सरकारले प्रहरी समायोजनका विषयमा सङ्घीय सरकारसँग पहल गरिरहेको बताए ।

बैठकमा उद्योग, कृषि सहकारीमन्त्री खगेनसिं हाङ्गामले ‘प्रदेश बीउबिजनसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक’ विचार गरियोस् भनी पेस गरेका प्रस्तावसमेत सर्वसम्मतले पारित भई त्यसमाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ