गोलबजार नगरपालिकाले सुरु गर्यो अनलाइन भुक्तानी सेवा

समाचार

सिरहा । गोलबजार नगरपालिकाले अनलाइन भुक्तानी सेवा (इएफटी) सुरु गरेको छ ।

चेकरहित भुक्तानी सेवाको अवधारणास्वरुप आइतबारदेखि अनलाइन भुक्तानी सेवा सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।

नगरप्रमुख श्यामकुमार श्रेष्ठले अनलाइन प्रविधिको प्रयोगले सेवाग्राहीलाई राहत पुगेको र नगरपालिकाको सेवा प्रवाहमा नयाँ आयाम थपिएको बताए ।

अब नगरपालिकाले उपभोक्ताको खातामा प्रत्यक्ष रकम ‘ट्रान्सफर’ गर्ने प्रक्रिया अपनाउने जानकारी दिए ।

नगरपालिकाले अनलाइन भुक्तानी सेवाको प्रभावकारिता बढाउन सूचना प्रविधि विभागलाई सशक्त बनाउँदै उपभोक्तालाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ