काठमाडौं । सर्लाहीका बौद्धिक व्यक्तित्व डा.वीरवंश बैठा लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
बिहीबार लोसपा नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरजीले डा.बैठालाई खादा र अबिर लगाई पार्टी प्रवेश गराएका हुन् ।
२०७९ को प्रतिनिधिसभा चुनावमा सर्लाही निर्वाचन क्षेत्र नं.२ बाट डा.बैठाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा लोसपा नेपालका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनल, उपाध्यक्ष तथा प्रवक्ता डा.आभास लाभ, महासचिवहरु डा.सुरेन्द्र झा, रामप्रवेश बैठा, मनिष मिश्र तथा सप्तरी जिल्ला अध्यक्ष सुनिल झाको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया