काठमाडौं । मुक्कुमलुङ घटनामा घाइते भएका आन्दोलनकारीहरुसँग मधेशकेन्द्रित आठ दलीय मोर्चाका नेताहरुले भेटेका छन् ।
मधेशकेन्द्रित दलका नेताहरु मुक्कुमलुङ घटनामा घाइते भएका आन्दोलनकारी योद्धाहरूलाई शुक्रबार टिचिङ्ग अस्पतालमा भेटी शीघ्र स्वास्थ लाभको कामना गरेका हुन् ।
साथै आदिवासी जनजाति जनताले आफ्नो पिता पुर्खाको आत्मा भ्रमण गर्ने पवित्र स्थलको रूपमा रहेको ठाँउमा केबलकार निर्माणले आस्था माथी ठूलो प्रहार हुने भएकोले भावनासँग खेलवाड नगर्न भनि गरेको आन्दोलनमा आठ दलीय मोर्चाले ऐक्यबद्धता जाहेर गर्नुको साथै राज्य दमनको घोर भत्सर्ना समेत गरेको छ ।
टिचिङ अस्पताल महाराजगन्जमा रहेका घाइतेहरु क्रमशः यम बहादुर लिम्बु (तेह्रथुम ), धर्मन पालुङ्वा (ताप्लेजुङ), सगुन लावती (पाँचथर) लाई भेट्न आठ दलीय मोर्चाको तर्फबाट हृदयेश त्रिपाठी, राजकिशोर यादव, सर्बेन्द्र नाथ शुक्ल, राम नरेश राय, केशव झा, रेणु यादव, राम कुमार शर्मा, मनिष सुमन, वृखेष चन्द्र लाल, गंगाराम थारु, डा.शरदसिंह यादव, लक्ष्मण लाल कर्ण, इन्दु सुवेदी, विजय सिंह, सन्तोष मेहता, बुद्ध छिरिङ मोक्तान, मुकेश झा, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह अस्पताल पुगी घाइतेहरुको स्वास्थ लाभको कामना गरेका छन् ।
तपाईको प्रतिक्रिया