करेन्ट लागेर युवकको मृत्यु

समाचार

रौतहट । गरूडा नगरपालिका–४ बस्ने २९ वर्षीय रामजी साहको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।

 सोही नगरपालिका–१ जयनगरस्थित निर्माणाधिन समुदायिक भवनको छतको नापी गर्न आएको गरूडा नगरपालिकामा कार्यरत साहलाई छतको छेउमा रहेको एघार हजार भोल्टको विद्युतिय तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भई उपचारको लागि गण्डक अस्पताल वीरंगज पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ