महोत्तरी । भारतमा लाग्ने प्रख्यात कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा परी महोत्तरीका एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटना भारतको मुजफ्फरपुर सदरथाना क्षेत्रमा दिउँसो २ बजेको समयमा भएको हो । तीव्र गतिमा रहेको बी.आर ३२ पि.ए ४६६१ नम्बरको स्कार्पियो अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको भारतीय प्रहरीले जनाएको छ ।
दुर्घटनामा श्रीमान्, श्रीमती, मामा, माइजू र चालकको मृत्यु भएको हो । दुर्घटनामा थप चार जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा महोत्तरीको मनरासिस्वा नगरपालिका–२ कट्टी घर भएका ६० वर्षीय बालकृष्ण झा, ५० वर्षीया इन्दुदेवी, ५५ वर्षीय मनतारण देवी, ३० वर्षीया अर्चना झा र सिरहा जिल्ला घर भएका चालक २४ वर्षीय शम्भु ठाकुरको मृत्यु भएको हो ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया