मटिहानी नगरपालिकाका कृषकहरूलाई जलवायु मैत्री कृषि उपकरण वितरण

समाचार

महोत्तरी । मटिहानी नगरपालिका वडा नं १, ३ र ६ वडाका ६० जना कृषकहरूलाई जलवायु मैत्री कृषि उपकरण वितरण गरिएको छ ।

कोइकाको आर्थिक सहयोग तथा जी.जी.जी.आई., जी.एन.आई. नेपालको प्राविधिक सहयोग र मटिहानी नगरपालिका एवं आसमान नेपालको समन्वयमा सञ्चालित “जलवायु मैत्री कृषि परियोजना” अन्तर्गत जलवायु मैत्री कृषि उपकरण मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले कृषकहरूलाई हस्तान्तरण गरेका हुन् ।

उक्त उपकरण हस्तान्तरण गर्दै प्रमुख मण्डलले यी नयाँ प्राविधिक उपकरणले कृषकलाई आफ्नो खेतमा बाली लगाउन साथै अन्य कृषि कार्य गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उक्त जलवायु मैत्री कृषि परियोजना अन्तर्गत १, ३ र ६ वडाका कृषकहरुलाई बिरुवा रोप्ने मेसिन, प्लास्टिक ट्रे, स्प्रेयर, नानो यूरिया, क्युलयुर ट्र्याप, पहलो ट्र्याप, कोकोपिट लगायतका कृषि उपकरण वितरण गरिएको कुरा आसमान नेपालका परियोजना प्रमुख चेतन थापाले बताए ।

उक्त कार्यक्रममा नगर उप–प्रमुख मंजू देवी साह, जीजीजीआईका प्रमुख ईश्वरनाथ श्रेष्ठ वड़ा नं. ६ का वड़ा अध्यक्ष कलीम अंसारी, जीजीजीआईका बिपद शाखा प्रमुख राकेश साह, जीजीजीआईका प्रदीप पोखरेल, हरि पाण्डेय कृषि शाखा प्रमुख संध्या साह, कृषि प्राविधिक टंक प्रसाद उपाध्याय, आसमान नेपालका कृषि प्राविधिक महेन्द्र यादव लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ