मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर एकको मृत्यु

समाचार

रौतहट । सरस्वती पुजाको भोलिपल्ट मूर्ति बिसर्जन गर्ने क्रममा बाग्मती नदीमा डुब्दा एक युवकको मृत्यु भएको छ ।

रौतहटको राजदेवी नगरपालिका–६ मा रहेको वाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विर्सजन गर्ने क्रममा राजदेवी–७ मुडवलवाका २२ वर्षीय सुरज यादवको डुबेर बेपता भएका थिए ।

मूर्ति सेलाउने क्रममा नदीमा डुबेर बेपता भएका यादवको मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका थिए । उनको शव बुधबार बिहान उनी डुबेकै स्थानमा फेला परेको जनाइएको छ ।

पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ