बर्दिया । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले बर्दियाको बबई बहुमुखी क्याम्पसमा स्थापना गरेको ‘पृथ्वी छात्रवृत्ति अक्षयकोष’बाट जेहेन्दार विद्यार्थी महिमा भुजुवालाई ‘पृथ्वी छात्रवृत्ति २०८१’ प्रदान गरिएको छ ।
गत सोमबार सरस्वति पुजाको अवसरमा क्याम्पसमा परिसरमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा प्रमुख अतिथि डा. अहिराज र क्याम्पस प्रमुख वीरेन्द्र राज लम्सालले जेहेन्दार विद्यार्थी भुजुवालाई सो छात्रवृत्तिसहित सम्मान प्रदान गरिएको हो ।
बर्दियाका जेहेन्दार विपन्न वर्गका विद्यार्थीलाई यस कोषले पढ्नमा केही सहज होस् भनी जिल्लाकै सबैभन्दा पुरानो र पहिलो बबई बहुमुखी क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गरिएको बताएका छन् ।
कार्यक्रममा कृषि पत्रकार एवं पृथ्वी विचार अभियन्ता कमल राज पौडेल (देव कमल), निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष हेमन्त प्रकाश गिरि, सामुदायिक प्रहरी सेवा केन्द्र गुलरियाका अध्यक्ष अर्जुन पोख्रेल, समाजसेवी मनिष गुप्ता, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष लक्ष्मण भण्डारी लगायतको उपस्थित रहेको थियो ।
बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ अन्तर्गत रहेको बबई बहुमुखी क्याम्पसमा गत वर्ष पूर्वप्रदेश प्रमुृख डा. अहिले राष्ट्र निर्माता पृथ्वीनारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना गरेका थिए ।
तपाईको प्रतिक्रिया