महोत्तरी । जिल्लाको मटिहानीमा हरसोउल्लासका साथ धानुक (मण्डल) जातिको कुल देवता श्री राघो बाबाको विधिवत पूजा गरिएको छ ।
प्रत्येक वर्ष माघ महिनामा गरिने उक्त पूजामा चामल, गुड़(मीठा) र दुधबाट बनाइएको खीर राघो बाबालाई चढाउने परम्परा रहेको छ ।
यसमा धानुक (मण्डल) जातिको प्रत्येक परिवारबाट उक्त खीर मन्दिर परिसरमै माटोको चूल्होंमा बनाई चढ़ाउने गर्दछन ।
उक्त पूजामा इच्छाएका सबै मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।
मधेश प्रदेशकै सबभन्दा सुन्दर र प्रसिद्ध धानुक जातिको मंदिर रहेको मटिहानीमा सोमबार राघोबाबाको दर्शन गर्न हजारौ श्रद्धालुहरुको भिड लागेको थियो ।
तपाईको प्रतिक्रिया