राकेश यादव, रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित रहेको चाँदी पुल नजिक मंगलवार बिहान सवारी दुर्घटना हँुदा ५ जना घाइते भएका छन् ।
बिहान ८ः२० बजेको समयमा चपुरबाट सर्लाही तर्फ जाँदै गरेको ना ४ च ३६९४ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०१–००६ ख ५७ २९ नम्बर को माल बाहक ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि स्कार्पियोमा सवार स्थानीय मौलापुर नगरपालिका ३ का वर्ष २० को सुदीप कुमार यादवको टाउको मुख र निधारमा चोट, दुर्गा भगवती गाउँपालिका ५ का वर्ष १८ को प्रशान्त ठाकुरको बायाँ हात, दाहिने आँखाको माथि चोट लागी घाइते भएको प्रहरीले जनाएको छ ।
बौधीमाई नगरपालिका ३ मटिअर्वाका वर्ष २१ को रामविनय महतोको दाहिने हात र निधारमा चोट लागेको छ भने बौधीमाई २ का वर्ष १८ को प्रदीप कुश्वाहा निधार टाउको, कानमा चोट लागेको दुवै जनाको अवस्था मध्यम रहेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक बिशाल तामाङ्गले जानकारी दिएका छन् ।
बारा सिम्रौणगढ नगरपालिका ७ का वर्ष २८ को संतोष कुश्वाहाको टाउको, चिउडोमा चोट अवस्था सिरियस रहेको जानकारी दिदै दुर्घटनामा परेको ट्रक र ट्रक चालक दोलखा जिरि नगरपालिका ४ बस्ने वर्ष २८ को फुरी तामाङ र स्कार्पियो इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक तामाङ्गले जनाएको छ ।
तपाईको प्रतिक्रिया