काठमाडौं । नयाँ वर्ष २०२५ को अवसरमा नेपाली मधेशी समुदाय अल्बानी, न्युयोर्क अमेरिकाको वार्षिक सभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
कार्यक्रममा समुदायका सदस्यहरूले एकअर्कामा खुशी साटासाट गरी आउँदो नयाँ कार्यकाल (सन २०२५–२०२६)का लागि अरविन्द कुमार सिंहको नेतृत्वमा तदर्थ समितीको गठन गरिएको छ । जसमध्ये उपाध्यक्षमा पुरुषोतम गुप्ता र अमित यादव, कोषाध्यक्षमा दिपक साह, सचिव निरंजन मल्लिक, सह सचिव रतन मण्डल, सांस्कृतिक को–ओर्डीनेटरः लक्ष्मण केशरी रहेका छन् ।
उनीहरूका साथै सदस्यहरूमा क्रमशः रवि गुप्ता, संजय गुप्ता, विजेश शाह, सचिन यादव, रमेश साह र चन्दन साह चयन भएका छन् ।
संस्थाको अध्यक्ष अरविन्द सिंहले आगामी कार्यकालमा एसियाली प्रवासी संगठनहरूसँग कार्यगत एकता गरी मधेशी समुदायका सदस्यहरूको आर्थिक, शैक्षिक, सांस्कृतिक एवं राजनीतिक क्षमता अभिवृद्धिमा अहम भूमिका खेल्ने बताए ।
साथै मधेशी साँस्कृतिक भवनका लागि जग्गा व्यवस्थापन गर्ने तर्फ पहल गर्ने बताए । यसका साथै उपाध्यक्ष अमित यादवले यो तदर्थ समितिले ऐतिहासिक एवं रचनात्मक कार्यहरू गर्ने आफ्नो उद्देश्य रहेको बताए ।
स्थनीय अगुवा एवं समाजसेवी देवेन्द्र चन्द्रवंशीको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उनले सभापतिको आसन ग्रहण गर्दै नयाँ कमिटीलाई हृदयको गहिराईवाट धन्यवाद दिनुका साथै आपसी सुमधुर सम्बन्ध एवं पारस्परिक सहयोगले मधेशी समुदाय अगाडी बढ्ने र व्यक्तिगत तथा संस्थागत रूपमा न्युयोर्कमा स्थापित हुने बताएको कुरा यस संस्थाका पूर्व अध्यक्ष बबन कर्णले न्युयोर्कको राजधानी अल्बानीबाट जानकारी गराए ।
तपाईको प्रतिक्रिया