७ वटा गाईसहित २ जना कारोबारी पक्राउ

समाचार

राकेश यादव, रौतहट । जिल्लाको राजपुर नगरपालिका वडा नम्बर २ फतुवा महेशपुरबाट प्रहरीले ७ वडा गाईसहित २ जनालाई पक्राउ गरेको छ ।

नेपालबाट अबैध रुपमा भारत तर्फमा लैजाँदै गरेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको हो । नेपालबाट तस्करी गर्ने उद्देश्यले भारतमा लैजाँदै गरेको ६ वटा गाई र १ वटा बाछोसहित स्थानीय राजपुर नगरपालिका वडा नम्बर २ निवासी गाई डोर्याउने ४३ वर्षीय ओहिद अन्सारी र यमुनामाई गाउपालिका वडा नम्बर ३ बस्ने शेख सोहेब आलमलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बारामद भएको ६५ हजार मूल्य बरावरको ६ वटा गाईसहित १ वटा बाछो र दुई जना मानिसलाई कारबाहीका लागि जिल्ला भन्सार कार्यालय बुझाइएको प्रहरी निरीक्षक उमाशंकर गुप्ताले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ