सीडीओ र एसपीसँग नेजपाका नेताहरुको भेटघाट

समाचार

वीरगन्ज । नेपाल जनता पार्टी पर्सा जिल्ला समितिको अगुवाईमा बिहीबार पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल (सीडीओ साहेब) र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र (एसपी) सँग भेटघाट एवं छलफल गरेको छ ।

जिल्लाको वर्तमान अवस्थासँगै हिन्दू समाज माथि भइरहेको दुष्प्रयासबारे चर्चा गरिएको थियो ।

भेटघाट कार्यक्रममा नेपाल जनता पार्टीको केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय संगठन महामन्त्री राजीनन्द चौधरी, केन्द्रीय सदस्यहरु सुरेश साह कानू, बिनोद प्रसाद कुर्मी, पारस दुवेदी, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, उपाक्ष्यक्ष धीरज साह कानू, महामन्त्री नबीन मिश्रा, जिल्ला कार्य समिति सदस्यहरु प्रमोद शर्मा, अंशु कुमार प्रजापति, संतोष कुशवाहा, पीयूष गुप्ता, महिला मोर्चा पर्सा जिल्ला संयोजक संगीता गुप्ता, युवा मोर्चा बीरगंज नगर संयोजक दीपक सराफ सहभागी रहेका थीए ।

जिल्ला प्रशासन कार्यालय पर्सा एवं जिल्ला प्रहरी कार्यालय पर्सा गएको नेपाल जनता पार्टीको टोलीले सीडीओ र एसपी लाई सम्मान समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ