स्थायी सरकारकै लागि दुई ठूला दलबीच सत्ता सहकार्य : ज्ञवाली

समाचार

सप्तरी । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्थायी सरकारकै लागि दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको बताएका छन् ।

प्रेस चौतारी, सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले देश विकास र समृद्ध नेपाल निर्माणसहित मुलुकको अर्थतन्त्र सुधारका लागि स्थायी प्रकृतिको सरकार बनाइएको बताएका हुन् ।

“यो सरकार बनेपछि निजी क्षेत्र उत्साहित देखिएको छ । देशमा देखिएका समस्या समाधान र समृद्ध नेपाल निर्माणका लागि यो सरकार अगाडि बढिरहेको छ । अब दुई छिमेकी मुलुकले गरिरहेको विकासबाट कसरी लाभान्वित हुने र आन्तरिक स्रोतको अधिकतम प्रयोगका सवालमा समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्ने आवश्यकता छ”, ज्ञवालीले भने ।

उनले मुलुकले विकास र समृद्धकै लागि सरकारले अध्यादेश ल्याएकाले ती दुवै सदनबाट पारित हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ