किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

समाचार

बाँके । जिल्लाको नरैनापुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भगवानपुरले नरैनापुर गाउँपालिका–५ सर्वराजपुर्वाकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय युवक जगबहादुर तेलीलाई पक्राउ गरेको हो ।

शनिबार साँझ साढे ६ बजेको समयमा ती किशोरीमाथि बलात्कार भएको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय भगवानपुरको टोलीले तेलीलाई तत्कालै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ