राकेश यादव, रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ५ पताहीमा आगलागी पीडित परिवारलाई अस्थायी घर बनाउनका लागि जस्तापत्ता वितरण गरिएको छ ।
असल छिमेकी नेपाल कास्कीले अग्निपीडित परिवारलाई २४ थान जगदम्बा कम्पनीको जस्तापता सहयोग गरेका हो । पीडित परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका असल हिमकी नेपालले पीडितहरुले बसोवास गर्नका लागि सहयोग गर्नुपर्ने गरेको आग्रह अनुसार सोमबार जस्तापत्ता र फलामको किल्ला सहितका सामग्री हस्तान्तरण गरेका छ ।
राजदेवी नगरपालिकाका नगर उपप्रमुख राजकुमारी देवी साह, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले पीडित परिवारलाई उक्त सामग्री हस्तान्तरण गरेको सहयोगी सस्थाले जनाएको छ । गएको पुष १४ गते राति करीव १ बजेको समयमा भएको आगलगीमा पासवान टोलका ८ जनाको घर जलेर नस्ट भएको थियो ।
घर जलेका स्थानीय बाबूलाल पासवान, जगरनाथ पासवान, कान्ति देवी, दीपेन्द्र पासवान, सोगारथ पासवान, प्रदीप पासवान, नागेन्द्र पासवान रहेका छन् ।
तपाईको प्रतिक्रिया