वीरगंज । बहुलराष्ट्रिय राज्यको स्थापना र स्वदेशवाद एवं सामुदायिक समाजवादको लागि पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोको नेतृत्वमा गठन भएको राष्ट्रिय मुक्ति पार्टी नेपालको वीरगंजमा जिल्ला कार्यालय उद्घाटन भएको छ ।
वीरगंजको चीनी मिल आवास क्षेत्र अगाडि संचालनमा आएको पार्टी कार्यालयको उद्घाटन केन्द्रीय सदस्य नेजामुद्दीन शमानीले गरेका हुन् ।
उद्घाटनपछि पार्टी कार्यालयमा पर्सा जिल्ला संयोजक राजेश साहको अध्यक्षतामा बसेको बैठक बसेको थियो ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य शमानी तथा अनिरुद्ध प्रसाद कलवार, रेखा घिमरे, जयलाल साह, सरीता कुमारी साह, हजरत खां, हाकिम मियाँ, दिव्य प्रकाश चतुर्वेदी लगायतका जिल्ला नेताहरुको उपस्थिति थियो ।
बैठकले जिल्लामा पार्टीको संगठनको गतिविधि बढाउने र यही फागुन १२, १३ गते हुने केन्द्रीय समितिको बैठकबारे छलफल गरिएको थियो ।
तपाईको प्रतिक्रिया