सप्तरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवकिशोर साहले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा दुई महत्वपूर्ण भौतिक पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् ।
मन्त्री साहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.९ महाविर चोकको भगवती स्थानदेखि हनुमान मन्दिरको गेटसम्म बाटोको शिलान्यास गरेको हुन् ।
यो परियोजना १ करोड ७१ लाखको लागतमा मन्त्री साहको पहलमा भौतिक मन्त्रालयबाट ल्याएको थियो ।
यसैगरी, मन्त्री साह हनुमाननगर कंकालिनी ९ मै रहेको महावीर उच्च माध्यमिक विध्यालय हनुमाननगरमा थप भवनको शिलानयास गरेका छन् ।
यो थप भवन निर्माणका लागि मन्त्रीको पहलमा १ करोडको बजेट ल्याइएको थियो ।
तपाईको प्रतिक्रिया