सिरहा । धनगढीमाई नगरपालिका–१० स्थित सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रदेश २–०१–००१ ख ०१२१ नम्बरको टिपरले प्रदेश २–०३–०१६ प ०८३४ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ बस्ने ५७ वर्षीय अजबलाल साहको मत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया