राकेश यादव, रौतहट । जिल्लाको गौर नगरपालिका वडा नम्बर १ मा सञ्चालन रहेको गौर सेन्ट्रल हॉस्पिटल प्रा लि मा उपचार गराउन गएका एक युवकको मृत्यु भएको छ ।
गौर नगरपालिका वडा नम्बर ३ बस्ने धर्मेन्द्र अधिकारी यादवको १९ वर्षीय छोरा लालू अधिकारी यादवको गौर सेन्ट्रल हॉस्पिटलको डाक्टरको लापरवाहीको कारण ज्यान गएको हो ।
शनिवार बेलुकी पेट दुखेको भनी लालू यादव अधिकारीलाई प्राथमिक उपचारको लागि प्रादेशिक अस्पताल गौरको आकस्मिक कक्षमा लागिएको थियो । प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा रहेका चिकित्सकले प्रारम्भिक जाँच गरी प्राप्त भएको रिपोर्टको आधारमा आन्द्रामा समस्या भएकोले छिटो शल्यक्रिया गर्नु पर्ने डाक्टर घनश्याम ठाकुरले सुझाव दिएपछि डाक्टर पंकज साह र गौर सेन्ट्रल हॉस्पिटलका डाक्टर फिरोजले सवै सुबिधा उपलब्ध छ भनी निजी हॉस्पिटलमा ल्याई भर्ना गरेको मृतकका काका देवेन्द्र अधिकारीले बताए ।
हाँस्दै प्रादेशिक अस्पतालबाट आएको भतीजोले आफै हिडेर ऑपरेसन थिएटरमा गएको र शल्यक्रिया गर्ने डाक्टर फिरोज र डाक्टर घनश्याम ठाकुर नआएको दावी उनले गरे । अवस्था गम्भीर छ भने अर्को सुविधा सम्पन्न अस्पतालमा लैजाने छू भनी भन्दा डाक्टर पंकज साहले सामान्य हो भइहाल्छ भनी छातीदेखि तल पेटसम्म शल्यक्रिया गरेको बताउँदै पीडित अधिकारीले पटक पटक सोध्दा जवाव नदिएर ठीक हुन्छ भनी ३ घण्टासम्म रोकर अन्तिम अवस्था राति १० बजेको समयमा अवस्था गम्भीर भएको भनी बीरगंजको लागि पठाएको र ११ बजे वीरगंज पुग्दा मेडिकल कालेजका डाक्टरले ३ घण्टा पहिला नै बिरामीको मृत्यु भइसकेको घोषणा गरेको सुनाए ।
ऑपरेसनको बेलामा राम्रो छ भने डाक्टर फिरोज र पंकजले पैसाको लागि भतीजोको हत्या गरेको दावी गर्दै दोषी माथि कार्यवाही हुनु पर्ने मागसमेत गरे । प्रादेशिक अस्पताल गौरबाट अरु ठाउँमा पठाउनुको सट्टा गौरमै पठाउने डाक्टर घनश्याम ठाकुर मुख्य हत्यारा भएको आरोप लगाए ।
आइतबार बेलुकी सयौं युवाहरुको समूहमा गौर सेन्ट्रल हॉस्पिटल पुगेका मृतकका काका देवेन्द्र अधिकारीले कमीशनको लोभमा डाक्टर फिरोज, डाक्टर घनश्याम ठाकुर र डाक्टर पंकज साहले षड्यन्त्र गरी हत्या गरेकोले सम्बंधित निकायबाट निजी अस्पतालको छानविन गरी दोषी डाक्टरलाई कÞानूनी दायरामा ल्याउनु पर्ने माग गरे ।
ऑपरेसनको क्रममा नै भतीजो लालू अधिकारीको निधन भएको दावी उनको रहेको छ । मृत्यु भइसकेपछि मात्र रेफर गरेको र एम्बुलेंसमा राख्दा खेरी नै डाक्टरहरु हॉस्पिटल छोडेर फरार भएको उनले बताए ।
उनले अघि थपे प्रादेशिक अस्पताल गौरमा राम्रो सेबा सुबिधा छ भने गरिने प्रचारबाजी मात्र रहेको छ केहि सुबिधा नरहेको बताए । घटना पछि गौर सेन्ट्रल अस्पतालका डाक्टर फिरोज सम्पर्कविहीन रहेकोले प्रतिक्रिया लिन सकिएन ।
तपाईको प्रतिक्रिया