ग्यालेक्सी हायर सेकेण्ड्री बोर्डिङ्ग स्कुलको ३४औं वार्षिकोत्सव मनाइयो

समाचार

जनकपुरधाम । ग्यालेक्सी हायर सेकेण्ड्री बोर्डिङ्ग स्कुलको ३४औं वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि तथा शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्मा तिवारीले विद्यालयलाई बधाई दिँदै विद्यालय परिवारको उच्च प्रशंसा गरेकी छन् ।

मन्त्री तिवारीले नीजि तथा सामुदायिक विद्यालयहरुको अनुगमन अनिवार्य हुने बताएकी हुन् । अहिले नीजि विद्यालयहरुको नयाँ दर्ता तथा अपग्रेड नभएको बुझिएकोले सो सम्बन्धीत विद्यालयले समयमै गर्न गराउन समेत उनले आग्रह गरिन् । साथै सम्बन्धित पालिकाहरुले समेत सो कार्यमा सम्बन्धित विद्यालयलाई सहयोग गर्न आग्रह समेत गरिन् ।

कार्यक्रम सो विद्यालयका प्राचार्य अमरेन्द्र कुमार झाको अध्यक्षतामा संचालन भएको थियो भने विशिष्ट अतिथिको रुपमा मधेश प्याब्सनको सल्लाहकार भोला मिश्र, केन्द्रीय सचिव पवन कुमार साह, के.कोषाध्यक्ष अविनाश प्रसाद सिंह, प्रदेश संयोजक मुरारी लाल कर्ण, जिल्ला अध्यक्ष सुजित मिश्र, अभिभावक, गुरुवर्ग, विद्यार्थीहरु, पत्रकार, नागरिक समाज, सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ