नो केवलकार आन्दोलनको समर्थनमा राष्ट्रिय मुक्ति पार्टीद्वारा कोणसभा आयोजना

समाचार

जनकपुरधाम । राष्ट्रिय मुक्ति पार्टी, मधेस प्रदेश द्वारा मुकुम्लुङमा भइरहेको नो केवलकार आन्दोलनको समर्थनमा जनकचौकमा कोणसभाको आयोजना गरिएको छ ।

कोणसभामा राष्ट्रिय मुक्ति पार्टीका नेता डा.राजीव झाले पाथीभरा माताले केवलकार निर्माणको अनुमति नदिएको दाबी गर्दै यसअघि प्रयास गर्नेहरूमध्ये केही हेलिकप्टर दुर्घटनामा परेको स्मरण गराए।

साथै, २०७५ सालअघि संरक्षित क्षेत्र रहेको पाथीभरा पहाडलाई केपी ओली नेतृत्वको सरकारले विकास क्षेत्रमा परिणत गरी आफ्ना कार्यकर्ताहरूलाई सस्तोमा जग्गा किन्न लगाएको र केवलकार निर्माण कम्पनीलाई महँगो मूल्यमा बिक्री गरेको आरोप लगाए ।

उनले फेरि वर्तमान केपी ओली नेतृत्वको सरकार आएपछि स्थानीयवासीमाथि दमन गर्दै केवलकार निर्माण थाल्न लागेको भन्दै यसको सशक्त रूपमा सम्पूर्ण नेपाली जनताले विरोध गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा पार्टीका नेता संजय चौधरी, दीपक यादव, विद्यार्थी नेता तनबिर रेजा लगायतका वक्ताहरूले मुकुम्लुङ आन्दोलनको समर्थनमा जोरदार आवाज उठाएका थिए ।

करिब ५०–६० जना अगुवा कार्यकर्ता उपस्थित रहेको कोणसभामा नेता संजय सिंह, दीपक झा, विनोद ठाकुर, कृष्ण कुमार साह, भरत साह, मो. समीर, अरबाज दरजी तथा स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सुमन झा समेतको सहभागी थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ