काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक र मधेश प्रदेश समन्वय समितिको बैठक अर्को साता महोत्तरीको बर्दिवासमा बस्ने भएको छ ।
आइतबार जनमत पार्टीको केन्द्रीय सचिवालय समितिको बसेको बैठकले केन्द्रीय समिति र मधेश प्रदेश समितिको बैठक मिति, समय स्थान तय गरेको हो ।
केन्द्रीय समितिको बैठक फागुन २५ र २६ गते र मधेश प्रदेश समन्वय समितिको बैठक २७ गते बर्दिवासस्थित पावन मिथिला होटलमा बस्ने जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले जनाएका छन् ।
तपाईको प्रतिक्रिया