नोट छाप्ने र पैसा डबल गरिदिने ठगी गिरोह विरूद्ध राजविराजमा प्रदर्शन

समाचार

सप्तरी । नोट छाप्ने र पैसा डबल गरिदिने ठगी गिरोह विरूद्ध राजविराजमा बिहीबार पनि हजारौंको संख्यामा उपस्थित भएर प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरूले गत महिनादेखि ठगी गिरोहका नाइकेहरुबाट असुरक्षित भएको, प्रहरी र सरकारी वकील कार्यालयको मिलेमतोमा ठगी गिरोहका नाइकेहरूलाई हिरासत बाहिर जान दिएको, पक्राऊ नगरेको र मुद्दा कमजोर बनाएर उन्मुक्ति दिन खोजेको भन्दै प्रदर्शन गर्दै आएका छन् ।

ठगी गिरोहका नाइकेहरूले सबै ठाउँमा यसरी कुरा मिलाएका छन् कि पीडितहरूले वकील समेत पाउन सकेका थिएनन् । कुनै स्थानीय पत्रकारहरुले समाचार बनाउँदैनन्, किनकि ठगी गिरोहमा पत्रकार महासंघकै कति सदस्यहरूकै समेत संलग्नता रहेको आरोप लागेको छ ।

सप्तरीका पत्रकारहरूले आफू विरूद्ध समाचार लेख्ला भनेर कैयौं पत्रकारहरू संलग्न रहेको ठगी काण्ड होस् कि अस्तिको २४ क्विन्टल गाँजा पक्राऊ काण्ड, सप्तरी प्रहरीले तदारुकता देखाउन मानेका छैनन् ।

गृह मन्त्रालय र नेपाल सरकारले उनीहरूलाई न्याय दिन अविलम्ब पहल गर्नु पर्छ, किनकि ठगी पीडित कति त आत्महत्या गर्ने चरणसम्म पुगिसकेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ