महोत्तरी । ११५औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मटिहानी नगरपालिकाको महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखाले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
’’सबै महिला तथा वालवालिकाको लागि ः अधिकार, समानता र सशक्तिकरण’’ भन्ने मूल नाराका साथ मटिहानी बस स्टेण्डबाट प्रारम्भ भएको र्याली मटिहानीको विभिन्न भागको परिक्रममा गरेका थिए । रयालीमा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल, जनप्रतिनिधिहरु लगायत महिलाहरु सहभागी रहेका थिए ।
त्यसैगरी शाखाले राम मा.वि. मटिहानीमा आयोजित एक कार्यक्रममा १० जना शाहसी महिलाहरुलाई कदर–पत्र प्रदान गरी सम्मान समेत गरियो । सो सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख मण्डलले देश विकासमा महिलाहरुको ठूलो भूमिका रहेकोले तीनै तहका सरकारले महिलाहरुलाई अगाडी बढाउनमा नितिगत किसिमले काम गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, वड़ा अध्यक्षज्यूहरु कलीम अंसारी, मदन चौधरी, महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दास, हिना खातूनले महिलाहरुको क्षमता र सामाजिक विकासमा सहभागी गराउनमा जोड़ दिएका थिए ।
तपाईको प्रतिक्रिया