काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा घुमघाम गरी काठमाडौं फर्किंदा राजावादी राजनीतिक दल, संघसंस्था तथा नागरिक अगुवाहरुले धूमधाम स्वागत गर्ने तयारी गरेका छन् ।
राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले काठमाडौंका विभिन्न स्थानबाट ¥यालीसहित प्रदर्शनको तयारी गरेका छन् ।
पोखरामा एक साता बसाइपछि पूर्वराजा शाह आइतबार दिउँसो हवाईमार्ग हुँदै काठमाडौं विमानस्थलमा ओर्लिंदै छन् । राजावादीहरुले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने छन् ।
तपाईको प्रतिक्रिया