पूर्वराजालाई स्वागत गर्न कहाँ–कहाँबाट आउँदैछन् राजावादीहरु

समाचार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं विमानस्थलमा स्वागत गर्न देशका विभिन्न भागका राजावादीहरु आउन लागेका छन् ।

गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोट भएरबाट आउनेहरु महाराजगञ्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला हुनेछन् । त्यहाँबाट ¥याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।

यसैगरी अन्य समूहहरुले जावलाखेल, चापागाउँ, च्यासल, इमाडोल कृष्णमन्दिर लगायतका स्थानबाट पनि ¥याली निकाल्ने तयारी गरेका छन् ।

सबै समूह विमानस्थल अगाडिको गेटमा भेला भएर नारा जुलुससहित ज्ञानेन्द्र शाहलाई निर्मल निवासम्म पु¥याउन जाने छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ