काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरूले आइतबार काठमाडौंमा गरेको प्रदर्शन सामान्य भएको टिप्पणी गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्न सोमबार धनगढी पुगेका सभापति देउवाले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राजावादीहरुको प्रदर्शन सामान्य रहेको जिकिर गरेका हुन् ।
उनले अहिले दुई दल सरकारमा रहेको र सरकार राम्रोसँग चलेको पनि जिकिर गरे । ‘दुईवटा पार्टी सरकारमा छन् । राम्रैसँग चलेको छ । सरकारमा कुनै समस्या छैन,’ उनले भने ।
यस्तै, उनले ०८४ सम्म सरकार चल्ने पनि दाबी गरे ।
तपाईको प्रतिक्रिया