सरकारले काम गर्न नसक्दा राजावादीहरु आशावादी भए : प्रचण्ड

समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारले काम गर्न नसक्दा राजावादीहरू आशावादी भएर सडकमा आएको निष्कर्ष निकालेको छ ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरूको छलफलले यस्तो निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

आफूहरूले गणतन्त्र ल्याउन रगतको खोलो बगाएर पौडी खेलेको बताउँदै अहिले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मरतीमा नरमाउन पनि आग्रह गरे ।

‘हामीले गणतन्त्र ल्याउन रगतको खोलो बगाएर पौडी खेल्दै आएका हौं । यही परिस्थितिमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मरतीमा कोही लागेको छ भने त्यो दिवासपना मात्रै हुन्छ,’ सापकोटाले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ