काठमाडौं। जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपाल जिल्ला कार्य समिति धनुषाले राजर्षी जनक विश्वबिद्यालमा ज्ञापन पत्र बुझाएको छ।
बिहिबार ज्ञापन बुझाउदै विद्यार्थी यूनियनले हालको विज्ञापन खारेज गरी संशोधनसहित समावेशी सिद्धान्त ३ दिनभित्र नया बिज्ञापन प्रकाशित गर्न माग गरेको छ।
बिश्वबिद्यालयमा प्रथम पटक प्रकाशित बिज्ञापन अनुसार करार तथा दैनिक ज्यालादारीमा शिक्षक तथा कर्मचारी सम्बन्धित सूचना प्रकाशित गरेकोप्रति समाजवादी विद्यार्थी युनियन, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
ज्ञापनमा भनिएको छ, 'ऐतिहासिक मधेश जनबिद्रोहमा सयौं संख्यामा मधेशी वीर सपुतहरुले सहादत दिएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत सबै नेपालीको समान अवसर र समान पहुँच गर्नका लागि समावेशी सिद्धान्तलाई नेपालको संविधान २०७२ को प्रस्तावनामै सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामुलक सिद्धान्तको आधार समतामूलक समाजको निर्माण गर्ने संकल्प लिएको व्यहोरा स्मरणीयार्थ जानकारी गराउन चाहन्छु।'
सोही संविधानको धारा ४ उपधारा १ मा नेपाल स्वतन्त्र अविभाज्य, सार्बभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी लोकतन्त्र, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य रहेको व्यवस्थालाई लत्याएको भन्दै उक्त बिज्ञापनप्रति समाजवादी विद्यार्थी यूनियनले आपत्ति जनाएको हो।
तपाईको प्रतिक्रिया