अजय चापागाई, बर्दिया । राजसंस्था र हिन्दूराज्य पुनर्स्थापनाका लागि बर्दियामा बृहत मोटरसाइकल र्याली सम्पन्न भएको छ ।
बिहीबार जिल्लाको सदरमुकाम गुलरिया बजारबाट सुरु भएको र्यालीमा करिब ५ सय मोटरसाइकल र हजारौं नागरिकहरुको सहभागिता रहेको थियो ।
र्यालीले गुलरिया नगर क्षेत्र हुँदै करिब ७ किलोमिटर परिक्रमा गरेको थियो । सहभागीहरूले नेपालमा राजसंस्थाको पुनर्स्थापना र हिन्दू राष्ट्र पुनः स्थापनाको माग गर्दै नारा लगाएका थिए ।
गुलरियाको राधाकृष्ण चोकमा कोणसभामा परिणत भएको र्यालीलाई सम्बोधन गर्दै सो र्यालीका सयोजक हेमन्त प्रकाश गिरिले राज्यमा विद्यमान बेथिति, भ्रष्टाचार र अनियमिता रहेकोले यस व्यवस्था परिवर्तन गरि राजसस्था र हिन्दूराज्य पुनर्स्थापना लागि सबै एकजुट हुनुपर्ने धारणा राख्दै र्यालीमा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।
प्रतिनिधिसभा सदस्य धवल शम्शेर राणाको विशेष उपस्थिति रहेको उक्त ¥यालीमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा आवद्ध भई राजसंस्थामा आस्था राख्ने बुद्धिजीवी, समाजसेवी र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको कुरा नागरिक अभियन्ता तथा पृथ्वी विचारक कमलराज पौडेल देवकमलले जानकारी गराए ।
उनका अनुसार राजसंस्था र हिन्दू राष्ट्रप्रति जनताको चासो र समर्थन दिन प्रतिदिन बढ्दै गएको संकेत स्वरूप यो र्याली आयोजना गरिएको हो ।
र्यालीपश्चात आयोजित कोणसभामा वक्ताहरूले राष्ट्रिय एकता र धार्मिक पहिचान जोगाउन राजसंस्था आवश्यक रहेको धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया